Skip to content
LAXMI SUNRISE BANK

मुक्तिनाथ विकास बैंकद्धारा लकडाउनमा राहत सहयोग

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – मुक्तिनाथ विकास बैंकको शाखा कार्यालय घोराहील घोराही उप- महानगरपालिकाको फुड बैंकमा खाद्यान्न सहयोग गरेको छ ।
उक्त खाद्यान्न सामाग्री बैंकको घोराही शाखाका शाखा प्रमुख युवराज भण्डारीले घोराही उप–महानगरपालिका वडा नं १५ का वडा सदस्य तथा बैंक तथा वित्तिय संस्थागत समन्वय संयोजक सनत कुमार श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।
यसैगरी, बैंकले धनगढी उप–महानगरपालिका – ०४ मा पनि राहत सामाग्री सहयोग गरेको छ । सहयोग सामाग्री बैंकका धनगढी शाखाका शाखा प्रमुख श्री उमेश जोशीले धनगढी उप–महानगरपालिका – ०४ का प्रमुख श्री पदमराज सापकोटा र सुन्दर सुदुरपश्चिम यातायात प्रा.लिका प्रमुख दिपक थापालाई हस्तान्तरण गरेका थिए ।
साथै, बैंकले नार्गाजुन – ०४, काठमाडौंको शक्ति कुमारी टोल सुधारलाई पनि राहत सामाग्री सहयोग गरेको छ । सहयोग सामाग्री बैंकका सीतापाईला शाखाका शाखा प्रमुख विजय उप्रेतीले शक्ति कुमारी टोल सुधारका अध्यक्ष गोपाल श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।
लकडाउनको कारण प्रभावित विपन्न, दैनिक ज्यालादारीमा काम गर्ने तथा आर्थिक अवस्था कमजोर भएका परिवारहरुलाई बैंकले सहयोग गर्दै आइरहेको छ ।
बैंकले आगामी लकडाउनको समयमा पनि विपन्न परिवारलाई सम्भव भए सम्मको सहयोग गर्ने बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङ्गले बताए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK