
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नबिल बैंकले कर्णाली प्रदेश सरकारलाई उक्त प्रदेशको अस्पतालमा पीसीआर मेसिन खरिद गर्न वित्तीय सहयोग प्रदान गरेको छ ।
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस रोगको संक्रमणलाई फैलिन नदिन एवं सोको रोकथाम तथा नियन्त्रणका लागि सहयोग पुर्याउने उद्देश्यले कर्णाली प्रदेश सरकारलाई प्रदेश अस्पताल विरेन्द्रनगर सुर्खेतमा एक थान पीसीआर मेसिन खरिदका लागि वित्तीय सहयोग गर्ने भएको हो ।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २८ लाख २५ हजार आर्थिक सहयोग गरेको छ । सो आधुनिक एवं उच्च क्षमताको मेसिनबाट नमूना छिटो र उच्च परिमाणमा परिक्षण गर्न सहयोग मिल्ने र पहिचान, उपचार तथा कोरोना संक्रमण रोकथाममा प्रभावकारी सहयोग हुने बैंकले विश्वास लिएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्