Skip to content
LAXMI SUNRISE BANK

नबिल बैंकको नयाँ सुविधा, अव घरमै बसेर इ-बैंकिङमार्फत खाता खोल्न सकिने

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नबिल बैंकले घरमै बसेर खाता खोलेर सीमित कारोबार गर्ने नयाँ सेवा सुरु गरेको छ । ग्राहकलाई प्रबिधिमैत्री बनाउँदै सेवा दिन बैंकले नयाँ प्रडक्ट ल्याएको हो । विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ महामारीको समयमा सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले घरमै बसी अनलाईनमार्फत खाता खोली सिमित कारोबार गर्न सकिने सुविधा सुरु गरिएको बैंकले विज्ञप्तिमा जनाएको छ।
ग्राहकले बैंक शाखामा नआई आफ्नै घरबाट खाता खोली इन्टर्नेट बैंकिङ, मोबाइल बैंकिङ जस्ता डिजिटल सुविधाहरुको तत्काल लाभ लिन सक्ने बैंकले जनाएको छ। मोबाइल बैंकिङ सुबिधाअन्तर्गत ग्राहकले रिचार्ज गर्ने, बिल भुक्तानी, बीमा प्रिमियम भुक्तानी गर्ने, रकम रकमान्तर गर्ने जस्ता कार्यहरु गर्न पाउने छन्।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK