
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्ना ऋणीहरुलाई गत चैत मसान्तमा कायम ब्याजदरमा दुई प्रतिशत छुट दिने भएको छ । कोरोनाका कारण देशव्यापी बन्दाबन्दी भइरहेको र सो कारणले आर्थिक तथा व्यावसायिक गतिविधि हुन नसक्दा उद्योगी, व्यवसायी तथा अन्य ऋणीमा परेको असर न्यूनीकरण गर्न ब्याजदरमा छुट दिने बैंकले जनाएको हो ।
नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनको पालना गर्दै बैंकले ब्याजदर छुट दिएको हो । नेपाल बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीका अनुसार यस्तो छुट त्रैमासिक ब्याज, किस्ता तथा अन्य दस्तुर तिर्ने ऋणीको हकमा २०७६ पुस मसान्त तथा मासिक किस्ता, ब्याज तथा अन्य दस्तुर तिर्नेहरुको हकमा २०७६ फागुन मसान्तको लागि भएको बताए । साथै, त्यस्ता रकम तिर्न बाँकी भएका ग्राहकले चौथो त्रैमासभित्र कर्जा नियमित गरेमा समेत वैशाखदेखि असारसम्मको अवधिको ब्याजमा २% छुट पाउनेछन् ।
वैशाखमा किस्ता तिरिसकेका ग्राहकले पनि यस्तो छुट सुविधा पाउने र सोको हिसाब मिलान बैंकद्वारा गरिने बताइएको छ । यस प्रकारको छुट सुविधा प्रदान गर्दा कतिपय ग्राहकले बैंकको आधारदर बराबरकै अर्थात् ७.८२% कै न्यूनतम ब्याजदर सुविधा प्राप्त गर्न सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्