×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बैंकको खुद नाफा ११.०८ प्रतिशतले घट्यो, अन्य सूचकको कस्तो छ अवस्था ? (विस्तृत विवरणसहित)

PRIME CA

नेपाल बैंकको खुद नाफा ११.०८ प्रतिशतले घट्यो, अन्य सूचकको कस्तो छ अवस्था ? (विस्तृत विवरणसहित)

२८ बैशाख २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – नेपाल बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको खुद नाफा ११.०८% ले घटेको रिपोर्ट सार्वजनिक गरेको छ । गत वर्षको यही अवधिसम्म २ अर्ब २४ करोड रुपैयाँ खुद नाफा कमाएको बैंकले यो वर्ष घटेर १ अर्ब ९९ करोड रुपैयाँमा सिमित रहेको छ। 
यस्तै, बैंकको खुद ब्याज आम्दानी ४ अर्ब २१ करोड रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ७२ करोड रुपैयाँ थियो । यता, सञ्चालन नाफा पनि ३ अर्ब १२ करोड रुपैयाँबाट घटेर २ अर्ब ६५ करोड रुपैयाँमा खुम्चिएको छ ।
यो तेश्रो त्रैमाससम्ममा बैंकले १ खर्ब २२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकको रिजर्भ ६.४९% ले बढेको छ। गत वर्ष १३ अर्ब ३१ करोड रुपैयाँ रहेको रिभर्जमा बढेर १४ अर्ब १७ करोड रुपैयाँ पुगेको छ।
बैंकको निष्क्रिय कर्जा घटेको छ। गत वर्ष २.७१% रहेको निष्क्रिय कर्जाको दर घटेर २.६४%मा झरेको छ। बैंकको आधार दरमा ६.९२% रहेको आधार दर बढेर ७.४९% पुगेको छ। बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) २८.१३ रुपैयाँ रहेको छ भने पीई रेसियो ९.२५ गुणा रहेको छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: