×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल चेम्बर्स अफ कमर्शका उपाध्यक्षद्वारा चिकित्सक संघलाई पाँच हजार मास्क सहयोग

LAXMI SUNRISE BANK

नेपाल चेम्बर्स अफ कमर्शका उपाध्यक्षद्वारा चिकित्सक संघलाई पाँच हजार मास्क सहयोग

२८ बैशाख २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल चेम्बर्स अफ कमर्शका उपाध्यक्ष दिपक मल्होत्राले नेपाल चिकित्सक संघलाई पाँच हजार वटा मास्क हस्तान्तरण गरेका छन् । मल्होत्राले आफ्नै कम्पनीबाट उत्पादित उक्त मास्क नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीलाई सहयोग स्वरुप हस्तान्तरण गरेका हुन् ।
कोरोना भाईरसको महामारीमा पनि आफ्नो ज्यान जोखिममा राखेर चिकित्सकहरु बिरामीको उपचार गरिरहेका चिकित्सक साथीहरुलाई संघमै आएर मास्क वितरण गर्न पाएकोमा मल्होत्राले खुशी व्यक्त गरे । उनले भोलिका दिनमा पनि चिकित्सक संघसँग सहकार्य गरेर अगाडी बढने जनाउदै अहिलेको महामारीमा संघलाई अन्यथप सहयोगपनि गर्ने प्रतिबद्दता व्यक्त गरे । त्यस्तै उनले आफ्नो कम्पनीले दैनिक करिब ७० हजार मास्क उत्पादन गर्दै आएको र शुरुका दिनमा उत्पादित मास्क सबै हस्पिटल लगाएतका क्षेत्रमा वितरण गरिदै आएको बताए । अबको केहि दिनबाट मास्कको सर्टेज नहुने समेत उनको दाबी छ ।
त्यस्तै मास्क हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष डा.कार्कीले कोरोना भाइरस फैलनसक्ने त्रासकाबीच मास्क अभाव भइरहेका बेला मल्होत्राले ठूलो मात्रामा मास्क उत्पादन सुरु गरेर देशकनलगि धेरै राम्रो काम र ठुलो सहयोग गरेको बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी