![](https://1.bp.blogspot.com/-8UWf1Cj09MU/Xq-7UN25VKI/AAAAAAAAJpY/i8I_TFLbMeIPlACyHjMp8GY-LcI4wGRxgCLcBGAsYHQ/s1600/2.jpg)
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले ५९ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण प्रकाशित गरेको हो । बैंकको यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा २०.०५४ प्रतिशतले धेरै हो । गत वर्ष बैंकले सोहि अवधिमा ४९ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस्तै बैंकले सञ्चालन नाफा पनि ७० करोड ९६ लाख रुपैयाँबाट बढाएर ८५ करोड ९ लाख ७९ हजार पुर्याएको छ भने खुद ब्याज आम्दानी पनि ८२ करोड रुपैयाँबाट बढाएर ९२ करोड रुपैयाँ पुर्याएको छ । हाल यस बैंकको चुक्ता पुँजी १२ अर्ब रुपैयाँ रहेको छ ।
यस्तै बैंकले रिजर्भ कोषमा १ अर्ब ४९ करोड रुपैयाँ जम्मा गरेको छ । हेर्नुहोस् विवरण :
![](https://1.bp.blogspot.com/-XiC9l4InaQY/Xq--ds_1ojI/AAAAAAABfUA/CvnT640UJxwXG-Zpsct0gPkY3zqMiJFAACLcBGAsYHQ/s1600/infra.jpg)