×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्स्योरेन्सको खुद नाफा १३ करोड ४० लाख ८४ हजार रुपैयाँ, कस्तो छ अन्य सूचकको अवस्था ? (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल इन्स्योरेन्सको खुद नाफा १३ करोड ४० लाख ८४ हजार रुपैयाँ, कस्तो छ अन्य सूचकको अवस्था ? (विवरणसहित)

Artha Sarokar

२२ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेपाल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्बजनिक भएको विवरण अनुसार कम्पनीले खुद नाफा १३ करोड ४० लाख ८४ हजार रुपैयाँ कमाएको छ । गत वर्ष कम्पनीले सोहि अवधीमा १३ करोड ६ लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 
कम्पनीको खुद बिमा शुल्क ११.२२% ले वृद्धि भएको छ। गत बर्ष खुद बिमा शुल्क ३८ करोड ६७ लाख २४ हजार रुपैयाँ गरेको कम्पनीले यस वर्ष बढोत्तरी गरी ४३ करोड १ लाख २८ हजार रुपैयाँ पुर्याएको छ । बिमा कोष २६ करोड ५२ हजार रुपैयाँबाट बढेर ३६ करोड ४७ लाख १० हजार रुपैयाँ पुगेको छ । 
चैत मसान्तसम्म आइपुग्दा यस इन्सुरेन्सले कुल १७ करोड ७४ लाख ६७ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी दाबी रकम कुल ९३ करोड ३९ लाख ८५ हजार रुपैयाँ बराबर रहेको छ । यता, जगेडा कोष भने ३६ करोड ५० लाख ५५ हजार रुपैयाँबाट घटेर ३४ करोड ५८ लाख ४५ हजारमा सिमित भएको छ । कम्पनीको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ३२ पैसा र प्रतिसेयर नेटवर्थ १६४.८६ रुपैयाँ रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी