×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल लाईफ इन्स्योरेन्स २० औं वर्षमा प्रवेश, राहत वितरण गरी वार्षिकोत्सव मनाइने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेपाल लाईफ इन्स्योरेन्स २० औं वर्षमा प्रवेश, राहत वितरण गरी वार्षिकोत्सव मनाइने

Artha Sarokar

२१ बैशाख २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – नेपाल लाईफ इन्स्योरेन्स आजदेखि २० औं वर्षमा प्रवेश गरेको छ । कोरोना महामारीपछि उत्पन्न विषम परिस्थितिमा कम्पनीले बार्षिकोत्सव राहत वितरण गरेर मनाउने जनाएको छ । कम्पनीका डेपुटी सिईओ सन्तोष प्रसाईले कोरोना भाइरसको महामारीका कारण यस पटकको बार्षिकोत्सव राहत वितरण गरेर मनाउन लागेको बताए । देशैभरिका शाखा कार्यालयहरुले वरपर दैनिक गुजारामा समस्या भोगेकाहरुलाई खाद्यान्न तथा भोजन गराएर राहत वितरण गरिने कम्पनीले जनाएको छ ।
२०५८ साल बैशाख २१ गते स्थापना भएको कम्पनी सात दशकभन्दा बढि बीमा इतिहास भएको नेपाली बीमा बजारको सबैभन्दा ठूलो जीवन बीमा कम्पनी हो । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले कोषमा मात्रै झण्डै एक खर्ब पुग्नै लागेको छ ।

२० औं बार्षिकोत्सवमा शुभकामना सन्देश दिँदै सिईओ विवेक झाले सबै नागरिकलाई सुरक्षित रहन आग्रह गरेका छन् । साथै उनले सबै जीवन बीमा अभिकर्ताहरुलाई कोरोना भाइरसले उत्पन्न गराएको विषम परिस्थिति नेपाली जनताको लागि परिक्षाको घडी भएको बताउँदै धेर्यधारण गर्न अग्रह गरेका छन् । शुभकामना सन्देशमा सिईओ झाले भनेका छन्, ‘जीवन अमूल्य छ, सबैभन्दा पहिला सुरक्षित भएर क्वारेन्टाईनमा बस्न आग्रह गर्दछु ।
 आफू सुरक्षित रहनुहोला, परिवार सुरक्षित राख्नुहोला, समाज सुरक्षित राख्नुहोला, देशलाई सुरक्षित राखौं अनि सिंगो पृथ्वीमा मावन जीव जगत सुरक्षित राखौं । अहिले विषम परिस्थिति उत्पन्न भएको छ । यो अवस्था सधैं रहदैन । हरेक रातपछि सुनौलो विहान आउँछ । यो हम्रो लागि परिक्षाको घडी हो । हाम्रो मुख्य योद्धाहरु बीमा अभिकर्ताहरुलाई निकै अप्ठेरो परिररहेको छ । त्यो हामीले महसुस गरेका छौं । २० औं बार्षिकोत्सवको अवसरमा सबैलाई धैर्यधारण गर्न आग्रह गर्दछु ।’
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी