- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको सेयर रजिष्टारमा आरबीबी मर्चेन्ट बैंकिङ्ग नियुक्त भएको छ । कम्पनीको सेयर रजिष्ट्रेशनसँग सम्बन्धित सम्पूर्ण काम गर्नका लागि दुबै संस्थाबीच बुधबार(बैशाख ३१ गते) सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
उक्त सम्झौता पत्रमा पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) शंकर कुमार रायमाझी र आरबीबी मर्चेन्टका सीईओ बद्री प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका हुन् । यससँगै, अब यस कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरधनीहरुहको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कामहरु आरबीबी मर्चेन्ट मार्फत हुने छ ।
यसका साथै, पुनर्बीमा कम्पनीको हालै बाँडफाँड भएकाे प्राथमिक सेयर (आईपीओ) नेपाल स्टक एक्स्चेञ्जमा छिट्टै सूचीकृत गराउने तयारीमा आरबीबी मर्चेन्टका सीईओ प्याकुरेलले जानकारी दिएका छन् । कम्पनीले कुल १ अर्ब ६० करोड रुपैयाँ बराबरको सेयर निष्कासन गरेको थियाे । जसकाे बाँडफाँड चैत २६ गते बुधबार जारी रहेकाे लकडाउनकाे बीचमा भएकाे थियाे ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्