
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – एनआईसी एशिया बैंकले ऋणीलाई ब्याजदरमा बम्पर छुट दिएको छ । राष्ट्र बैंकको निर्देशन अनुसार २ प्रतिशत कर्जाको ब्याजदर घटाएको बैंकले बैशाख महिनाको किस्ता समयमा तिर्ने ऋणीलाई १० प्रशित ब्याज छुट दिने जनाएको छ ।
एनआईसी एशिया बैंकले राष्ट्र बैंकले नेपाल राष्ट्र बैंकले व्यवस्था गरेको २ प्रतिशत ब्याजदर घटाउने बाहेक बैशाख महिनासम्म तिनुपर्ने ब्याज तिरेमा सम्पूर्ण ब्याज रकममा १० प्रतिशत तथा जरिवाना ब्याजमा शतप्रतिशत छुट सुविधा दिने योजना ल्याएको हो ।
राष्ट्र बैंकले चैत महिनामा तिनुपर्ने बैंकको किस्ता तिर्दा १० प्रतिशत रकम ब्याज छुट हुने व्यवस्था गरेको थियो । एनआईसी एशिया बैंकले आफ्नै पहलमा बैशाख महिनामा यसरी किस्ता भुक्तानी गर्दा ब्याजमा १० प्रतिशत छुटको व्यवस्थालाई निरन्तरता दिएको हो ।
यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरुका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरुमा लगायत बैंकबाट प्रवाह भएका सम्पूर्ण कर्जाहरुमा लागू हुनेछ । बैंकले २०७७ वैशाख महिनासम्ममा नवीकरण गर्नुपर्ने कर्जाहरूको हकमा कर्जा नवीकरण नभएको आधारमा कुनै पनि थप ब्याज, जरिवाना तथा शुल्क नलाग्ने व्यवस्था समेत गरिएको छ ।
यसरी प्राप्त गर्नुपर्ने छुट रकम जेष्ठ महिनाको पहिलो साता भित्र सम्बन्धित ग्राहक महानुभावको बैंक खातामा जम्मा गरिनेछ । बैंकले प्रदान गर्ने १०% छुट आधार दरमा कर्जा उपभोग गरिरहेका ऋणीहरुको हकमा लागू हुने छैन तथा बैंकले प्रदान गर्ने सहुलियतको कारणले ऋणीहरुको ब्याजदर बैंकको चैत्र मसान्तको आधार दर भन्दा कम नहुने गरी छुट प्रदान गरिने व्यवस्था गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्