Skip to content
LAXMI SUNRISE BANK

लकडाउनमा एनआइसी एशिया बैंकको साथ : ऋणीलाई जेठ महिनाको ब्याजमा पनि १० प्रतिशत छुट दिने

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनआइसी एशिया बैंकले आफ्ना ऋणीहरुलाई जेठ महिनाको ब्याज रकममा थप १० प्रतिशत छुट दिने भएको छ । बैंकले जेठ महिनासम्ममा चुक्ता भुक्तान गर्नुपर्ने ऋणीहरुले सम्पूर्ण किस्तारब्याज रकम जेठ मसान्तभित्र पूर्ण रुपमा चुक्ता गरेमा सम्पूर्ण ब्याज रकममा थप १० प्रतिशत छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुटको योजना सार्वजनिक गरेको हो ।
नेपाल राष्ट्र बैंकले कोरोना भाइरसका कारण ऋणीहरुमा परेको असर न्यूनिकरण गर्न २०७६ चैत्र मसान्तसम्म कायम ब्याजदरमा २ प्रतिशत ब्याज सहुलियत दिन निर्देशन दिएको थियो । यस अलावा एनआइसी एशिया बैंकले यसअघि ऋणिहरुले बैशाख महिनासम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूण किस्तारब्याज रकम वैशाख मसान्तभित्र पूर्ण रुपमा चुक्ता गरेमा सम्पूर्ण ब्याज रकममा थप १० प्रतिशत छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुटको योजना ल्याएको थियो । बैशाखको यही योजना जेठमा समेत लागू हुने बैंकले जनाएको छ ।
अब यो व्यवस्थासँगै नेपाल राष्ट्र बैंकले व्यवस्था गरेको कर्जामा २ प्रतिशत ब्याज छुटको अलावा जेष्ठ महिनासम्ममा तिर्नुपर्ने सम्पूर्ण बक्यौता रकम सोही मसान्तभित्र पूर्ण रुपमा चुक्ता गरेमा सम्पूर्ण ब्याज रकममा १० प्रतिशत छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुट गरिनेछ ।
बैंकले २०७६ चैत्र मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता चैत महिनाभित्र भुक्तानी गर्ने ऋणिहरुको हकमा नियमित ब्याजको १० प्रतिशतले हुन आउने छुट रकम ग्राहकको खातामा जम्मा गरिसकेको बताएको छ ।साथै बैशाख महिनासम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूण किस्तारब्याज रकम बैशाख मसान्तभित्र पूर्ण रुपमा चुक्ता गर्ने ग्राहकको हकमा साधारण ब्याजको १० प्रतिशतले हुन आउने छुटको रकम जेष्ठ महिनाको पहिलो साता भित्र सम्बन्धित ग्राहकको खातामा जम्मा हुने बैंकको प्रष्टोक्ति छ।
यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरुका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरुमा लगायत बैंकबाट प्रवाह भएका सम्पूर्ण कर्जाहरुमा लागू हुने बताइएको छ । बैंकले २०७७ जेष्ठ महिनासम्ममा नवीकरण गर्नुपर्ने कर्जाहरूको हकमा कर्जा नवीकरण नभएको आधारमा कुनै पनि थप ब्याज, जरिवाना तथा शुल्क नलाग्ने व्यवस्था समेत गरेको छ । यसरी प्राप्त गर्नुपर्ने छुट रकम असार महिनाको पहिलो साता भित्र सम्बन्धित ग्राहकको बैंक खातामा जम्मा गरिने बताइएको छ ।
बैंकले प्रदान गर्ने १० प्रतिशत छुट बैंकको चैत्र महिनाको आधार दर ९९।६१ प्रतिशत० मै कर्जा उपभोग गरिरहेका ऋणीहरुको हकमा लागू हुने छैन तथा बैंकले प्रदान गर्ने सहुलियतको कारणले ऋणीहरुको ब्याजदर बैंकको चैत्र महिनाको आधार दर ९।६१ प्रतिशत भन्दा कम नहुने गरी छुट प्रदान गरिने व्यवस्था गरिएको बताइएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK