×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएलजी इन्स्योरेन्समा पिपुल्स भोलेन्टियर्स जर्नालिष्ट फोरमद्वारा ३० पत्रकारको कोरोना बीमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एनएलजी इन्स्योरेन्समा पिपुल्स भोलेन्टियर्स जर्नालिष्ट फोरमद्वारा ३० पत्रकारको कोरोना बीमा

Artha Sarokar

२ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – पिपुल्स भोलेन्टियर्स जर्नालिष्ट फोरम (जनस्वयम्सेवी पत्रकार मञ्च) ले ३० जना पत्रकारहरुको एक लाख रुपैयाँको कोरोना बीमा गराएको छ । एनएलजी इन्स्योरेन्ससँगको सहकार्यमा फोरमले आर्थिक क्षेत्रमा कलम चलाउँदै आएकाहरुको संस्था नाजिफमा आबद्ध ११ जना, नेपाल पत्रकार महासंघ काठमाडौं शाखा अन्तर्गत राहत वितरणमा खटिएका १४ जना र इन्स्योरेन्स खवरमा कार्यरत चार तथा फोरममा आबद्ध एक जना गरी कूल ३० जना पत्रकारहरुको बीमा गराएको हो ।
पिपुल्स भोलेन्टियर्स जर्नालिष्ट फोरमले ३० जनाको प्रतिव्यक्ति ६०० का दरले १८ हजार २० रुपैयाँ टिकटसहितको बीमा शुल्क बुझाएर कूल ३० लाख बीमाङ्कको कोरोना बीमा गरिएको फोरमका संयोजक नबराज न्यौपानेले बताए ।
‘कोरोना महामारीमा फ्रन्ट लाईनमा खटिएका पत्रकारहरुको मनोबल उच्च राख्न कोरोना बीमा गरिएको हो, पत्रकारहरुलाई भोकै रहन नदिने उद्देश्यले राहत वितरणमा खटिएका नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका पत्रकारहरुको बीमा गरिएको छ ।’ संयोजक न्यौपाने भने, ‘आगामी दिनमा फ्रन्ट लाइनमा खटिने र राहत वितरण गर्ने कार्यमा खटिएका थप २० जना पत्रकारहरुको बीमा गर्ने योजनामा छौं ।’
एनएलजी इन्स्योरेन्सका सिईओ सुनिल बल्लभ पन्तले पत्रकारहरुको कोरोना बीमा एनएलजी इन्स्योरेन्सबाट गर्न पाउँदा खुशी लागेको बताए । फ्रन्टलाईनमा खटिने पत्रकार, स्वास्थ्यकर्मी, राहत वितरणकर्ताहरुलाई कोरोना बीमा जरुरी रहेको उनले बताए । बीमा समितिको ५२ औं बार्षिकोत्सवको अवसरमा एनएलजी इन्स्योरेन्सका मार्केटिङ प्रमुख अन्जन ढकालले संयोजक नबराज न्यौपानेलाई आज सो बीमा पोलिसी हस्तान्तरण गरेका हुन् ।
पिपुल्स भोलेन्टियर्स जर्नालिष्ट फोरमले कूल ५० जना पत्रकारहरुको कोरोना बीमा गर्ने घोषणा गरेको र बाँकी पत्रकारहरुको दोस्रो चरणमा बीमा गरिने जनाएको छ । कोरोना बीमा नेपालमा सञ्चालित २० वटै निर्जिवन कम्पनीहरुले सामूहिक जोखिम वहन गर्ने गरी पूलमार्फत सञ्चालन गरिदै आएको कोरोना महामारीमा राहत तथा प्रोत्साहन बीमा योजना हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी