
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – एनएमबि बैंकले आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमास वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफा १ अर्ब ८८ करोड ३२ लाख रुपैयाँ कमाएको छ। तो नाफा गत वर्षको सोहि अवधिको तुलनामा १४.०६%ले धेरै हो । गत आवको यसै अवधिमा बैंकले १ अर्ब ६५ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको वितरण योग्य नाफा ५८ करोड ७७ लाख रुपैयाँ रहेको छ ।
यस्तै, बैंकले खुद ब्याज आम्दानी ४ अर्ब २९ करोड रुपैयाँ गरेको छ। यो गत आवको यसै अवधिको तुलनामा १ अर्ब २० करोड रुपैयाँ धेरै हो । बैंकको खुद ब्याज आम्दानी बढेकोले खुद नाफा बढ्न सहयोग पुगेको हो। यता सञ्चालन नाफा भने घटेको छ । सञ्चालन नाफा ४७ करोड २७ लाख करोड रुपैयाँ घटेर १ अर्ब ८७ करोड ६४ लाखमा झरेको छ।
यो तेश्रो त्रैमाससम्ममा बैंकले १ खर्ब २७ अर्ब ९३ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १५ अर्ब ५६ करोड लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। हाल बैंकको चुक्ता पूँजी १३ अर्ब ९५ करोड ९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६ अर्ब ३३ करोड रुपैयाँ रहेको छ।
यता, बैंकको खराब कर्जा अनुपात बढेको छ। गत आवको चैत मसान्तमा ०.७९% रहेको खराब कर्जा बढेर २.४८% मा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात २०.१७ गुणा, पूँजीकोष अनुपात १४.२६% र कोषको लागत ७.०९% रहेको छ। चैत मसान्तसम्ममा बैंकको आधारदर ९.९९% छ भने स्प्रेडदर ४.८८% छ। बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ६९ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ ८३ पैसा रहेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्