
- अर्थ सरोकार सम्बाददाता
भरतपुर । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का तर्फबाट भरतपुर महानगरलाई स्वास्थ्यसँग सम्बन्धित व्यक्तिगत सुरक्षालगायत अत्यावश्यक सामग्री उपलब्ध गराइएको छ । एनआरएनएका सह-कोषाध्यक्ष लोकप्रसाद दाहालको पहलमा सचिव गौरी जोशी अमेरिका र आरके शर्मा कतारका तर्फबाट महानगरलाई स्वास्थ्य सुरक्षाका सामग्री प्रदान गरिएको हो । उक्त सामग्री सात लाख ३३ हजारबराबरका छन् ।
सहकोषाध्यक्ष दाहालका अनुसार १०० थान पिपिइ , एन ९५ मास्क ५०० र लेजर गन २५ थानलगायत सामग्री उपलब्ध गराइएको जानकारी दिए । विश्वव्यापी विपद्का रुपमा देखिएको कोरोना भाइरससँग जुध्नका लागि नेपाली हुनुको हैसियतले सङ्कटको समयमा सहयोग उपलब्ध गराइएको उनले बताए । यस्तै कोरोनाका कारण शनिबार साँझसम्म मृत्यु हुने नेपाली ११७ पुगेका छन् । एनआरएनएका अनुसार यो साता थप २१ नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्