![](https://1.bp.blogspot.com/-mCQnK1_lh48/XrJkR5H09RI/AAAAAAABfho/GBil5y5QZPIrSkfynRatYJhvpgsrPu6DACLcBGAsYHQ/s1600/2.jpg)
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – पनौती नगरपालिका वडा नम्बर ७ ले अनौठो नियम सार्वजनिक गरेको छ । सार्वजनिक गरेको सूचना अनुसार वडा क्षेत्रको घर नेवार जातीलाई मात्र बेच्न पाइने भएको छ । यदी अरु जातीलाई घर बेचबिखन गर्न चाहानेलाई सरकारी सेवा बन्द गरिने पनि सूचनामा उल्लेख गरिएको छ ।
![](https://1.bp.blogspot.com/-paiIRzhTi-k/XrJh048QlJI/AAAAAAABfhc/MPKdAe4J9cUf1-IJqDFZKO1cGmgmV4w4ACLcBGAsYHQ/s1600/panuti.jpg)
‘मिति २०७७/०१/२३ गतेका दिन बसेको बैठकले नेवार जातिहरु बाहेक अन्य जातिहरुलाई घर बेच विखन गर्नको लागि सिफारिस लिन आएमा घरधनीलाई यस कार्यालयबाट सेवा प्रवाह नगर्ने निर्णय भएकोले यस ७ नं वडा बासीहरुलाई यसै सार्वजनिक सूचनामार्फत जानकारी गराइन्छ’ निर्णयमा भनिएको छ ।
वडाको पुरानो बजार स्मारक क्षेत्रमा नेवारी जातिको बाहुल्यता भएको धर्म, संस्कृति र पुरातात्तिक सम्पदा जोगाउनको लागि यस्तो निर्णय गरिएको सूचनामा उल्लेख गरिएको छ ।
![](https://1.bp.blogspot.com/-DOhdE6YhvKU/XrJh5V8K1NI/AAAAAAABfhg/Eo4iXxARROwlI261EB8Deo5OTmyjhvIDgCLcBGAsYHQ/s1600/right_to_property.jpg)
तर वडाको यो निर्णय संविधान विपरित रहेको छ । संविधानको धारा २५ मा उल्लेख गरिएको सम्पत्तिको हक विपरित रहेको छ । वडा कार्यालयले संविधान विपरित निर्णय गरेपछि यसको चौतर्फी विरोध शुरु भएको छ ।