
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । प्रभु बैंक लिमिटेडले चालु आर्थिक बर्षको तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक बर्षको सोहि अवधिको तुलनामा बढेको छ । गत आवको चैत मसान्तसम्ममा बैंकको खुद नाफा १ अर्ब ४५ करोड रुपैयाँ रहेकोमा समिक्षा अवधिमा बैंकको खुद नाफा अघिल्लो आवको सोहि अवधिको तुलनामा १ करोड १९ लाख रुपैयाँ बढेर १ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २१ करोड ९३ लाख रुपैयाँ बढेर १ अर्ब ५९ करोड पुगेको छ।
बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ । चैत मसान्तमा बैंकको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ८९ पैसा कायम भएको छ । बैंकको प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ ६९ पैसा कायम भएको छ भने मूल्य आम्दानी अनुपात ११.३१ गुणा रहेको छ। १० अर्ब ३१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकले जगेडा कोषमा ४ अर्ब ५३ करोड रुपैयाँ र शेयरधनी कोषमा ७९ करोड ८१ लाख रुपैयाँ सञ्चय गरेको छ। बैंकको निष्क्रिय कर्जा २.९५ प्रतिशत रहेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्