- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – प्रभु लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले ५ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्ष कम्पनीले ३ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै कम्पनीको खुद बीमाशुल्क १०३.१६%ले बढेको छ । गत वर्षको यहि अवधिमा २४ करोड ८४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले यस अवधीमा ५० करोड ४८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको हो । बैंकको खुद बीमाशुल्क बढेसंगै खुद नाफा बढेको देखिन्छ ।
यो तेश्रो त्रैमाससम्ममा कम्पनीले ४ करोड ५७ लाख रुपैयाँ लगानी, कर्जा तथा अन्य आयबाट आर्जन गरेको छ । चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा १५ करोड ८८ लाख रुपैयाँ, जीवन बीमा कोषमा ६२ करोड ६१ लाख रुपैयाँ र महाविपत्ती जगेडामा एक करोड ३७ लाख रुपैयाँ सञ्चित छ ।
हालसम्ममा ७८ हजार ९१७ बीमालेख जारी गरी एक अर्ब २२ करोड २० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरको छ । यस अवधिमा इन्स्योरेन्सले ८८ वटा दाबी बापत १ करोड ११ लाख ३८ हजार रुपैयाँ भुक्तानी गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्