×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रुडेन्सियल इन्स्योरेन्सको तेश्रो त्रैमास : खुद बीमा शुल्क १४.९८ प्रतिशतले घट्यो, अन्य सूचकको कस्तो छ अवस्था ?

PRIME CA

प्रुडेन्सियल इन्स्योरेन्सको तेश्रो त्रैमास : खुद बीमा शुल्क १४.९८ प्रतिशतले घट्यो, अन्य सूचकको कस्तो छ अवस्था ?

३१ बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – प्रुडेन्सियल इन्स्योरेन्सको चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले  ९ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।  गत आर्थिक वर्षको यसै अवधीमा १२ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले यस वर्ष ३ करोड ६६ लाख रुपैयाँले घटेको हो ।
कम्पनीको खुद बीमाशुल्क घटेको कारणले खुद नाफा पनि घटेको देखिन्छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीको खुद बीमाशुल्क १४.९८ प्रतिशतले घटेर ३० करोड २४ लाख रुपैयाँमा सिमित भएको छ  । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३५ करोड ५७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
६४ करोड १५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा २२ करोड ९० लाख रुपैयाँ रहेको छ । कम्पनीको बीमा कोषमा ५१ करोड २७ लाख रुपैयाँ र महाविपत्ती कोषमा ४ करोड ६३ लाख रुपैयाँ सञ्चित छ । तो तेश्रो त्रैमाससम्ममा कम्पनीले पुनर्बीमा कमिशनबाट ९ करोड ५५ लाख, लगानी कर्जा तथा अन्य आयबाट ३ करोड ६२ लाख रुपैयाँ आम्दानी गरेको छ ।
इन्स्योरेन्सले यस अवधिसम्ममा ८९ हजार ५४ वटा बीमालेख जारी गरी ८२ करोड ५५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीले ३ हजार ८१८ दाबी बापत ६० करोड ६४ लाख रुपैयाँ भुक्तानी गरेको छ भने २ हजार ७२२ दाबी बापत ४२ करोड ३ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । कम्पनीको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ८३ पैसा, प्रतिशेयर नेटवर्थ २२२ रुपैयाँ ८७ पैसा र मूल्य आम्दानी अनुपात २१.४५ गुणा रहेको विवरणमा उल्लेख छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: