
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक बर्षको तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको विवरण अनुसार निर्धन उत्थानले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४७ करोड ३२ लाख रूपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा १०.३० प्रतिशतले कम हो । गत वर्षको यसै अवधिमा लघुवित्तले ५२ करोड ७५ लाख खुद नाफा कमाएको थियो। लघुवित्तको प्रति शेयर नेटवर्थ २०७ रुपैयाँ ७९ पैसा र मूल्य आम्दानी अनुपात २१.६३ गुणा रहेको छ।
लघुवित्तको प्रतिशेयर आम्दानीमा पनि गिरावट आएको छ। गत आवको तेस्रो त्रैमासमा ५८ रुपैयाँ ६२ पैसा रहेको लघुवित्तको यस्तो आम्दानी चालु आवको सोही अवधिमा १६ रुपैयाँ ५५ पैसा घटेर ४२ रुपैयाँ ७ पैसामा खुम्चिएको छ। यता लघुवित्तको निष्कृय कर्जा अनुपात १.१३ प्रतिशतबाट बढेर १.७६ प्रतिशत पुगेको छ। सार्वजनिक भएको विवरण अनुसार लघुवित्तले तेस्रो त्रैमाससम्ममा एक अर्ब १७ करोड खुद ब्याज आम्दानी गरेको छ भने ७४ करोड ९५ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । गत वर्षको यसै अवधिमा लघुवित्तले १ अर्ब १५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।
हाल १ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब ६१ करोड रुपैयाँ रहेको छ। समीक्षा अवधिमा लघुवित्तले १२ अर्ब ८२ करोड निक्षेप संकलन गरी २० अर्ब ७३ करोड कर्जा लगानी गरेको छ। गत वर्षको यसै अवधिमा उसले १० अर्ब २७ करोड निक्षेप संकलन गरी १८ अर्ब ५५ करोड कर्जा लगानी गरेको थियो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्