×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Q3 Report : सिद्धार्थ इन्स्योरेन्सको नाफा घट्यो, अन्य सूचकको कस्तो छ अवस्था? (विवरणसहित)

PRIME CA

Q3 Report : सिद्धार्थ इन्स्योरेन्सको नाफा घट्यो, अन्य सूचकको कस्तो छ अवस्था? (विवरणसहित)

२९ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – सिद्धार्थ इन्स्योरेन्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफामा गिरावट आएको छ । बैंकको खुद नाफा २ करोड ६ लाख रुपैयाँले घटेर १६ करोड ३ लाख रुपैयाँमा सिमित  छ । गत वर्षको यहि अवधिमा कम्पनीले १८ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 
यस अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क पनि ८० लाख रुपैयाँले घटेर ६१ करोड १६ लाख रुपैयाँमा सिमित भएको छ । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ६१ करोड ९६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
यस्तै, इन्स्योरेन्सले पुनर्बीमा कमिशनबाट २५ करोड ६१ लाख, लगानी कर्जा तथा अन्य आयबाट ६ करोड ६५ लाख रुपैयाँ आम्दानी गरेको छ । चुक्ता पूँजी एक अर्ब रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा २३ करोड ८४ लाख रुपैयाँ, बीमा कोषमा ७५ करोड ७६ लाख रुपैयाँ र महाविपत्ती कोषमा ८ करोड ७८ लाख रुपैयाँ सञ्चित छ ।
इन्स्योरेन्सले हालसम्म एक लाख ३ हजार ९३३ वटा बीमालेख जारी गरी एक अर्ब ४९ करोड ८१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यस अवधिमा इन्स्योरेन्सको २० हजार २५७ वटा बीमालेख नवीकरण भएका छन् ।  कम्पनीले कूल ४ हजार ३२१ दाबी बापत ६६ करोड ९२ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ४ हजार ७८२ दाबी बापत ८१ करोड ४३ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २१ रुपैयाँ ३८ पैसा, प्रतिशेयर नेटवर्थ २०८ रुपैयाँ ३९ पैसा र मूल्य आम्दानी अनुपात २१.५२ गुणा छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: