×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Q3 Report : एभेरेष्ट बैंकको नाफा बढ्यो, प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ३ पैसा हुँदा अन्य सूचक कस्ता ? (अन्य विवरणसहित)

PRIME CA

Q3 Report : एभेरेष्ट बैंकको नाफा बढ्यो, प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ३ पैसा हुँदा अन्य सूचक कस्ता ? (अन्य विवरणसहित)

२९ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । एभेरेष्ट बैंक लिमिटेडले चालु आर्थिक बर्षको तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आर्थिक बर्षको सोहि अवधिको तुलनामा बैंकले नाफा बढाएको छ । गत आर्थिक बर्षको सोहि अवधिमा बैंकले २ अर्ब २१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो भने बैंकले चालु आर्थिक बर्षको यसै अवधिको तुलनामा २ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ ।
यता यस अवधिसम्ममा बैंकले ४ अर्ब ३४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा २४ करोड रुपैयाँ बढी हो । समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा २० करोड रुपैयाँ बढेर ३ अर्ब ३६ करोड पुगेको छ ।
बैंकको प्रतिशेयर आम्दानीमा सामान्य सुधार भएको छ । बैंकको बेसिक प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ३ पैसा रहेको छ जुन अघिल्लो आर्थिक बर्षको सोही अवधिको तुलनामा २२ पैसा बढी हो । ८ अर्ब ५१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ७ अर्ब ८१ करोड रुपैयाँ सञ्चित छ भने रिटेन्ड अर्निङ्ग १ अर्ब ८५ करोड र शेयर प्रिमियम २३ करोड रुपैयाँ रहेको छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: