×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Q3 Report : निष्क्रिय कर्जा बढेपछि जानकी फाइनान्सको नाफा घट्यो, अन्य सूचकहरु कस्ता छन् ? (विवरणसहित)

PRIME CA

Q3 Report : निष्क्रिय कर्जा बढेपछि जानकी फाइनान्सको नाफा घट्यो, अन्य सूचकहरु कस्ता छन् ? (विवरणसहित)

२९ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । जानकी फिनान्स लिमिटेडले चालु आर्थिक बर्षको तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार बैंकको नाफा घटेको छ । चालु आवको चैत मसान्तसम्ममा फाइनान्सले ४ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ जुन अघिल्लो आर्थिक बर्षको सोही अवधिको तुलनामा १ करोड २ लाख रुपैयाँ कम हो । गत आवको सोही अवधिसम्ममा फाइनान्सले ५ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। निष्क्रिय कर्जा बढेपछि बैंकको खुद नाफा घटेको हो । यता फाइनान्सको प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ ६७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १५.८४ गुणा कायम भएको छ।
समिक्षा अवधिमा फाइनान्सको निष्क्रिय कर्जा ३.३२ प्रतिशतविन्दु बढेर ८.२७ प्रतिशत पुगेको छ । यससँगै फाइनान्सको इम्पेरिमेन्ट चार्ज १ करोड ८८ लाख रुपैयाँबाट बढेर ६ करोड ४४ लाख रुपैयाँ पुगेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चैत मसान्तसम्ममा फाइनान्सले १४ करोड ५१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ३ करोड ५३ लाख रुपैयाँ बढी हो । समीक्षा अवधिमा फाइनान्सको सञ्चालन मुनाफा १ करोड ३१ लाख रुपैयाँ बढेर ६ करोड ७ लाख रुपैयाँमा सीमित भएको छ ।
बैंकको जगेडा कोषमा १६ करोड ९० लाख रुपैयाँ सञ्चित छ । सो अवधिसम्ममा फाइनान्सले २ अर्ब ४४ करोड ८२ लाख रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब २० करोड ३६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । ६० करोड ४ लाख रुपैयाँ चुक्ता पूँजी भएको यस फाइनान्स फाइनान्सको प्रतिशेयर आम्दानीमा पनि गिरावट आएको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १५ रुपैयाँ ५५ पैसा रहेको प्रतिशेयर आम्दानी चालु आर्थिक बर्षको सोही अवधिमा घटेर १० रुपैयाँ ४८ पैसा कायम भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: