×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Q3 Report : एभरेष्ट इन्स्योरेन्सको खुद नाफा बढ्यो, प्रतिसेयर आम्दानी १६ रुपैँया ३९ पैसा हुँदा अन्य सूचक कस्ता ?

PRIME CA

Q3 Report : एभरेष्ट इन्स्योरेन्सको खुद नाफा बढ्यो, प्रतिसेयर आम्दानी १६ रुपैँया ३९ पैसा हुँदा अन्य सूचक कस्ता ?

२९ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – एभरेष्ट इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्बजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा ९ करोड ३१ लाख रुपैयाँले बढाएर १३ करोड ३३ लाख रुपैयाँ कमाउन सफल भएको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले ४ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै कम्पनीले ४ करोड ३२ लाख रुपैयाँले खुद बीमा शुल्क आर्जनमा वृद्धि गरी ३३ करोड ८१ लाख ६७ हजार रुपैंयाको पुर्याएको छ । गत आवको सोही अवधिमा कम्पनीले २९ करोड ४९ लाख रुपैंया खुद बीमा शुल्क आर्जन गरेको थियो । साथै कम्पनीले १० करोड १० लाख रुपैँया आम्दानी गरेको छ ।
यो तेश्रो त्रैमाससम्ममा कम्पनीले १२ करोड ३५ लाख रुपैँया दावी भुक्तानी गरेको छ भने १ करोड १४ लाख ६२ हजार रुपैयाँ अभिकर्ता कमिसन वितरण गरेको छ । सो अवधिमा कम्पनीको चुक्ता पूँजी १ अर्ब ९ करोड ५९ लाख रुपैंया, जगेडाकोषमा १६ करोड ९६ लाख रुपैयाँ र बीमा कोषमा २५ करोड ५७ लाख रुपैयाँ रहेको छ ।
साथै कम्पनी प्रतिसेयर आम्दानी १६ रुपैँया ३९ पैसा, प्रतिशेयर नेटवर्थ १४५ रुपैंया ९१ पैसा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ सय २० रुपैँया ३९ पैसा मूल्य आम्दानी अनुपात २१.०५ गुणा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: