
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – नेपाल राष्ट्र बैंकले सञ्चालनमा रहेका सरकारी खाता अद्यावधिक गर्न तथा हालसम्म नखोलिएका खाताहरु खोल्न पुनःनिर्देशन दिएको छ । बैंकले आगामी जेठ १ गतेपश्चात् हुने सरकारी कारोबार ‘सरकारी कारोबार निर्देशिका २०७६’ बमोजिम हुने जनाएको छ । यही वैशाख मसान्तभित्र सम्बन्धित निकायको समन्वयमा सम्पूर्ण खाता खोली अद्यावधिक गर्न केन्द्रीय बैंकले निर्देशन दिएको छ ।
इमेलमार्फत सरकारी कारोवारको नियमित प्रतिवेदन पेश गर्ने गरिएको र सोही प्रतिवेदनका आधारमा दैनिक हिसाब मिलान गरिने भएकाले त्यसरी पत्राचार गर्दा कतिपय अवस्थामा सम्बन्धित कर्मचारीको व्यक्तिगत इमेलमार्फत प्रतिवेदन पेश हुने गरेको पाइएको बैंकको भनाइ छ । सरकारी कारोवारसम्बन्धी प्रतिवेदन पेश गर्न छुट्टै इमेलको व्यवस्था गरी सोहीमार्फत पत्राचार गर्न केन्द्रीय बैंकले आग्रह गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्