×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घरेलु लघुवित्तको सामाजिक कार्य : कोरोना विरुद्ध लड्न परोहा नगरपालिकालाई आर्थिक सहयोग

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

घरेलु लघुवित्तको सामाजिक कार्य : कोरोना विरुद्ध लड्न परोहा नगरपालिकालाई आर्थिक सहयोग

Artha Sarokar

१३ जेष्ठ २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । घरेलु लघुवित्त वित्तीय संस्थाको रौतहटस्थित लौकाहा शाखाले कोरोना भाइरसको संक्रमण विरुद्ध लड्न परोहा नगरपालिकालाई आर्थिक सहयोग गरेको छ । उक्त शाखाले स्थानीय निकायको कोरोना भाइरस रोकथाम नियन्त्रण तथा उपचार कोषमा १० हजार रुपैयाँको आर्थिक सहयोग गरेको हो । घरेलु लघुवित्तको लौकाहा शाखाका शाखा प्रबन्धक रुपेश कुमार झाले परोहा नगरपालिकाको मेयर शेख वकिलले उक्त चेक हस्तान्तरण गरेका हुन् ।
यो रकमले कोरोना रोकथाम नियन्त्रण तथा कोरोना रोग देखा परेका मानिसको उपचारमा र कोरोना भाइरसको कारणले लकडाउनमा परेर दैनिक ज्यालादारी गर्ने मजदुरलाई राहत वितरणमा सहयोग हुने बताइएको छ । यस संस्था संचालनमा आएको हाल सम्ममा देशको ११ जिल्लामा १३ वटा शाखा कार्यालयहरु स्थापना गरि ग्रामिण क्षेत्रका ६ हजार १ सय ५० भन्दा बढी विपन्न परिवारहरुमा २१ करोड १७ लाखभन्दा बढी कर्जा रकम लगानीमा र बचतमा ४ करोड ३६ लाख जम्मा भई वित्तीय पहुँच पुर्याउन सफल भई ती परिवारहरुसंग वचत तथा कर्जाको कारोवार संचालन गर्दै आईरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी