
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको खुद नाफा घटेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको खुद ब्याज आम्दानी घटेका कारण बैंकको सञ्चालन मुनाफा र खुद नाफा पनि घटेको विवरण सार्वजनिक गर्न बाध्य भएको छ । गत आर्थिक बर्षको सोही अवधिसम्ममा ७ अर्ब ३७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको यस बैंकले चालु आर्थिक बर्षको सोहि अवधिमा ६ अर्ब ९७ करोडमात्र यस्तो आम्दानी गरेको छ । प्रकाशित विवरण अनुसार बैंकको जगेडा कोषमा १३ अर्ब २४ करोड रुपैयाँ र अन्य शेयरधनी कोषमा १ अर्ब ४७ करोड रुपैयाँ सञ्चित छ । सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब १५ करोड रुपैयाँ रहेको छ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ३ अर्ब ३ करोड रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक बर्षको सोहि अवधि को तुलनामा कम हो । बैंकले गत आर्थिक बर्षको सोही अवधिमा ३ अर्ब ४९ करोड खुद नाफा कमाएको थियो । त्यता गत आर्थिक बर्षको चैत्र मसान्तसम्म ४ अर्ब ८६ करोड रहेको बैंकको सञ्चालन मुनाफा चालु आर्थिक बर्षको सोही अवधिसम्ममा घटेर ४ अर्ब १६ करोडमा खुम्चिन बाध्य भएको छ।
बैंकको प्रतिशेयर आम्दानीमा पनि गिरावट आएको छ । ९ अर्ब चुक्ता पूँजी रहेको यस बैंकको प्रतिशेयर आम्दानी ५१ रुपैयाँ ८१ पैसाबाट घटेर ४४ रुपैयाँ ९६ पैसा पुगेको छ ।बैंकको निष्क्रिय कर्र्जा ४.२८ प्रतिशतबाट बढेर ४.६४ प्रतिशत पुगेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्