×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिलायन्स लाइफ इन्स्योरेन्सले गर्यो आकर्षक प्रगति, खुद नाफा १२८.८१% वृद्धि गरी कमायो ६ करोड १८ लाख १६ हजार रुपैयाँ !

PRIME CA

रिलायन्स लाइफ इन्स्योरेन्सले गर्यो आकर्षक प्रगति, खुद नाफा १२८.८१% वृद्धि गरी कमायो ६ करोड १८ लाख १६ हजार रुपैयाँ !

२५ बैशाख २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्ममा ६ करोड १८ लाख १६ हजार रुपैयाँ खुद नाफा कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा १२८.८१% ले धेरै हो । गत वर्षको यहि अवधिमा कम्पनीले २ करोड ७० लाख १६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 
कम्पनीको खुद बिमा शुल्क पनि १११.५९% वृद्धि गरेर ७९ करोड ७१ लख रुपैयाँ पुर्याएको छ । गत वर्ष कम्पनीले ३७ करोड ६७ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । कम्पनीले यो तेश्रो त्रैमाससम्ममा १ करोड ६७ हजार रुपैयाँ बराबरको कुल दाबी भुक्तानी गरेको छ । 
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४७ करोड रहेको छ भने जगेडा कोषमा १४ करोड ९६ लाख रुपैयाँ रहेको छ । कम्पनीले महाविपत्ति कोषका लागि १ करोड ६६ लाख रुपैयाँ छुट्याएको छ । यस्तै, जीवन बिमा कोष पनि २४ करोड १८ लाख रुपैयाँबाट बढाएर ८६ करोड ९८ लाख पुर्याएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: