×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आन्तरिक रेमिट्यान्स घट्यो, २ महिनामै ६७ अर्ब ७० करोड रुपैयाँले कमी

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

आन्तरिक रेमिट्यान्स घट्यो, २ महिनामै ६७ अर्ब ७० करोड रुपैयाँले कमी

Artha Sarokar

१४ जेष्ठ २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाण्डौ । कोरोना भाइरसको कारण नेपाल भित्रने रेमिट्यान्समा उल्लेख्य कमी आएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५/ 0७६ को चैत र वैशाखमा भन्दा यो वर्षको चैत र वैशाखमा ६७ अर्ब ७० करोड रुपैयाँ कम रेमिट्यान्स भित्रिएको छ ।
चैत र वैशाखमा जम्मा ७५ अर्ब ४८ करोड रुपैयाँ रेमिट्यान्स आएको छ, जब कि गएको वर्षको यिनै २ महिनामा १ खर्ब ४३ अर्ब ११ करोड रुपैयाँ भित्रिएको थियो । गएको आर्थिक वर्षमा ८ खर्ब ७९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएकोमा यो वर्ष २० प्रतिशतभन्दा धेरैले कमी आउने विभिन्न अध्ययनले देखाएका छन् ।
यस्तै विदेशमा रहेका लाखौँ नेपाली बेरोजगार भएर फर्कने प्रक्षेपण पनि सार्वजनिक भएका छन् । यस्तै पर्यटन आयमा पनि ठूलो गिरावट आएको छ । गएको फागुन र चैतमा जम्मा ६ अर्ब ७० करोड रुपैयाँ मात्रै आम्दानी भएको राष्ट्र बैंकले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी