- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सेलपे सेवाका ग्राहकहरुले हाल विश्वभरी फैलिरहेको महामारी रोग कोरोना भाईरस विरुद्धको बीमा सुबिधा सेलपे मोबाईल वा वेब एप्लीकेशन मार्फत सरल र सहज रुपमा वास्तविक समयमा खरिद गर्न सक्ने जनाइएको छ । सेलपेसँग आबद्ध सगरमाथा इन्स्योरेन्स कम्पनीसंँगको सहकार्यमा यस्तो सुविधा ल्याएको हो ।
सेलपेका ग्राहकहरुले बीमा गर्नका लागि आफ्नो सेलपे एप्पमा गई कोविड-१९ आइकनमा क्लिक गरी सजिलै आफ्नो आवश्यकता अनुरुप व्यक्तिगत बीमा वा पारिवारिक बीमा वास्तविक समयमा खरिद गरि रकम भुक्तानी गर्न सक्नेछन्।
यस अन्तर्गत बीमा शुल्क भुक्तानी गरेको १५ दिनसम्म प्रतिक्षा अवधी रहने छ र १५ दिनको प्रतिक्षा अवधी सकिएपछी कोही व्यक्तिमा कोरोना भाइरस पोजिटिभ पुष्टि भएमा, पुष्टि हुने बित्तिकै बीमा रकमका लागि दाबी गर्न सकिने जनाइएको छ।
यस बीमाको समय अवधि कोरोना भाइरस विरुद्ध बीमा भुक्तानी गरेको १२ महिनासम्म कोरोना भाइरस पोजिटिभ पुष्टि भएमा यो बीमा योजनाको सुबिधा लिन सकिनेछ। ग्राहकहरुले १ लाख सम्मको कोरोना भाइरस बिरुद्ध बीमा गराउन सक्ने कम्पनीले जनाइएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्