Skip to content
LAXMI SUNRISE BANK

Q3 Report : सहयोगी विकास बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी २४ रुपैयाँ १४ पैसा हुँदा अन्य सूचक कस्ता ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – सहयोगी विकास बैंकले आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकले ९ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा १ करोड ८१ लाख रुपैयाँ बढी हो। प्रकाशित विवरण अनुसार बैंकको वितरण योग्य नाफा ४ करोड ३९ लाख रुपैयाँ रहेको छ।
बैंकको खुद ब्याज आम्दानी २ करोड ५२ लाख रुपैयाँ बढेर १८ करोड ५४ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा २ करोड ५० लाख रुपैयाँ बढेर १३ करोड १८ लाख रुपैयाँ पुगेको छ। बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेको कारणले गर्दा खुद नाफा बढ्न पुगेको हो।
यो तेश्रो त्रैमाससम्ममा बैंकले ४ अर्ब ७० करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब १६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष सोहि अवधिमा बैंकले ४ अर्ब ३३ करोड निक्षेप संकलन गरी ३ अर्ब ९४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको गरेको थियो । ५० करोड ९६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १२ करोड २५ लाख रुपैयाँ सञ्चित छ । 
बैंकको खुद नाफा बढेसँगै प्रति सेयर आम्दानीमा पनि सुधार भएको छ। गत आवको चैत मसान्तमा १९ रुपैयाँ ४० पैसा रहेको बैंकको यस्तो आम्दानी चालु आवको सोही अवधि बढेर २४ रुपैयाँ १४ पैसा पुगेको छ। बैंकको प्रतिशेयर नेटवर्थ १६७ रुपैयाँ ५३ पैसा रहेको छ । बैंकको आधारदर १०.०१ प्रतिशतबाट बढेर १०.३० प्रतिशत पुगेको छ भने स्प्रेड ५.४४ प्रतिशतबाट ६.०८ प्रतिशत पुगेको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK