×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारी कर्मचारीको बढेन तलब, सबै खाले भत्ता पनि खारेज !

PRIME CA
GLOBAL IME BANK

सरकारी कर्मचारीको बढेन तलब, सबै खाले भत्ता पनि खारेज !

१५ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सरकारले कोरोना नियन्त्रणमा खटिएका कर्मचारीबाहेक सबैलाई दिने अतिरिक्त भत्ता खारेज गरिदिएको छ । सार्वजनिक खर्चमा मितव्ययिता अपनाउनका लागि कार्यालय सञ्चालन, इन्धन, सहज अवस्था आएपछि हुने आन्तरिक र वैदेशिक भ्रमण, कम प्राथमिकताका गोष्ठी, सम्मेलन, सेमिनार, भैपरी खर्च, फर्निचर, सवारी साधन खरिद र मर्मत खर्चमा बजेट कटौती भएको छ । 
कोरोना रोकथाममा पहिलो पंक्तिमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलगायतका बाहेक अन्य कर्मचारीले पाउने प्रोत्साहन भत्ता, अतिरिक्त भत्ता, बैठक, खाना तथा खाजा खर्च, जोखिमलगायतका सबै प्रकारका भत्ता आगामी साउन १ गतेदेखि खारेज गरिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: