- अर्थ सरोकार सम्बाददाता
काठमाडाैं – सानिमा बैंकका ग्राहकले साेमबारकाे दिन दराजबाट सामान किन्दा १० प्रतिशत छुट पाउने भएका छन् । सानिमा बैंक र दराज प्रा.लि.बीच अनलाइन सामान खरिद गरि अनलाइनबाटै भुक्तानी गर्दा उक्त छुट दिने सम्झौता भएको हाे।
यससँगै, सानिमा बैंकको कार्ड प्रयोगकर्ताहरुले सोमबारका दिन डेविट वा क्रेडिट कार्ड मार्फत शपिङ्ग गर्दा १० प्रतिशत वा अधिकतम ५ सयसम्म छुट प्राप्त गर्न सक्नेछन् । यो योजना भोली बैशाख २२ गते देखि लागू हुनेछ ।

उक्त सम्झौतामा सानिमा बैंकका तर्फबाट बिक्रम श्रेष्ठ प्रमुख डिजिटल बैंकिङ्ग र दराजका तर्फबाट प्रवन्ध निर्देशक लिनो एलेरिङ्गले हस्ताक्षर गरेका छन् । यो योजनाले ग्राहकहरु डिजिटल बैंकिङ्ग प्रति आकर्षित हुने विश्वास राखेको छ । यस सम्बन्धि थप जानकारी बैंकको हटलाइन नं ०१-४४४३९०१ बाट प्राप्त गर्न सक्ने छन् ।
सानिमा बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै घरमै बसी अनलाइनबाटै मुद्दती खाता खोल्न तथा नविकरण गर्ने, अनलाइन खाता खोल्ने, बिजुली/टेलिफोन बिल भुक्तानी लगायतका डिजिटल बैंकिङ्ग सुबिधाहरु प्रदान गर्दै आइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्