Skip to content
LAXMI SUNRISE BANK

भुवन दाहालले नेतृत्व गरेको सानिमा बैंकको नाफा बढ्यो, प्रति सेयर आम्दानी घट्यो, हेर्नुहोस्, अन्य सूचक कस्ता छन्…

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल बैंकर्स संघका अध्यक्षसमेत रहेका भुवन दाहालले नेतृत्व गरेको सानिमा बैंकले प्रति सेयर आम्दानी घटेको विवरणसहितको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले चालु आर्थिक बर्षको तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै यस अवधिसम्ममा १ अर्व ६१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ४ करोड ३३ लाख रुपैयाँ बढी हो । गत आवको सोही अवधिसम्ममा बैंकले १ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
प्रकाशित विवरण अनुसार चालु आर्थिक बर्षको तेस्रो त्रैमासको अन्त्यसम्ममा बैंकले ३ अर्ब २४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने २ अर्ब २९ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । सार्वजनिक विवरण अनुसार बैंकको मूल्य आम्दानी अनुपात १३.०८ गुणा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ २४ गुणा रहेको छ । बैंकको निष्क्रिय कर्जा गत आर्थिक बर्षको सोही अवधिको तुलनामा ०२४ प्रतिशतविन्दु बढेर ०.३६ प्रतिशत पुगेको छ भने आरओई २१.९८ प्रतिशतबाट घटेर १९.६८ प्रतिशतमा खुम्चिएको छ । 
यता खुद नाफा बढेपनि बैंकको प्रतिशेयर आम्दानीमा भने गिरावट आएको छ। गत आवको चैत मसान्तमा २६ रुपैयाँ ५२ पैसा रहेको बैंकको यस्तो आम्दानी चालु आवको सोही अवधिमा घटेर २४ रुपैयाँ ७७ पैसामा खुम्चिएको छ । ८ अर्ब ८० करोड १३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ३ अर्ब २४ करोड ९७ लाख रुपैयाँ रहेको छ भने शेयरधनी कोषमा ६४ करोड ३७ लाख रुपैयाँ रहेको छ। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ५७ करोड ६७ लाख रुपैयाँ रहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK