×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा लाईफ इन्स्योरेन्सको झिनो प्रगति, खुद नाफा ०.२० प्रतिशतले वृद्धि हुँदा अन्य सूचकको कस्तो छ अवस्था ?

PRIME CA

सानिमा लाईफ इन्स्योरेन्सको झिनो प्रगति, खुद नाफा ०.२० प्रतिशतले वृद्धि हुँदा अन्य सूचकको कस्तो छ अवस्था ?

२३ बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सानिमा लाईफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा ७ करोड ६९ लाख रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ०.२०%ले धेरै हो । गत वर्ष यहि अवधि,मा कम्पनीले ७ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
कम्पनीद्धारा सार्वजनिक वित्तीय विवरण अनुसार सो अवधिमा ५७ करोड ५८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा २४ करोड ९५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । साथै कम्पनीको हालसम्म १ अर्ब १० करोड ८८ लाख रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गरिसकेको छ ।
कम्पनीले सो अवधिमा १४ लाख ९९ हजार रुपैयाँ दावी भुक्तानी गरेको छ भने ११ करोड २७ लाख रुपैयाँ बीमा अभिकर्ता कमिशन बापत खर्च गरेको छ । साथै कम्पनीले बीमालेख धितोमा २ करोड १० लाख ८९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: