
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले नाफा बढेको बित्तिय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गर्दै बैंकले खुद नाफा बढेको विवरण सार्वजनिक गरेको हो । सार्वजनिक विवरण अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले १ अर्ब ८० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन नाफा गत आर्थिक बर्षको सोही अवधिको तुलनामा ६ करोड ८१ लाख रुपैयाँ बढी हो । गत आवको सोही अवधिसम्ममा बैंकले १ अर्ब ७३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । प्रकाशित विवरण अनुसार बैंकको मूल्य आम्दानी अनुपात १९.६७ गुणा कायम रहेको छ भने प्रतिशेयर नेटवर्थ १८५ रुपैयाँ ७८ पैसा रहेको छ ।
यता बैंकको प्रति सेयर आम्दानी पनि सुधार भएको छ। गत आवको चैत मसान्तमा २८ रुपैयाँ ८७ पैसा रहेको बैंकको यस्तो आम्दानी चालु आर्थिक बर्षको सोही अवधिसम्ममा बढेर ३० रुपैयाँ पुग्न सफल भएको छ । बैंकले चालु चालु आर्थिक बर्षको तेश्रो त्रैमासको अन्त्यसम्ममा २ अर्ब ७९ करोड खुद ब्याज आम्दानी गरेको छ, जुन गत आर्थिक बर्षको सोही अवधिको तुलनामा २३ करोड ८७ लाख रुपैयाँ बढी हो । प्रकाशित विवरण अनुसार समिक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ९ करोड ७३ लाख रुपैयाँ बढेर २ अर्ब ५७ करोड पुगेको छ ।
बैंकको चुक्ता पूँजी ८ अर्ब १ करोड रुपैयाँ रहेको छ भने बैंकले चैत मसान्तसम्ममा ५ अर्ब १३ करोड रुपैयाँ छ । यस्तै बैंकको जगेडा कोषमा र १ अर्ब ७३ करोड रुपैयाँ शेयरधनी कोषमा जम्मा भएको छ । बैंकको निष्क्रिय कर्जा सामान्य बढेर ०.२२ प्रतिशत पुगेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्