×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मकवानपुर सुनचाँदी व्यवसायी संघका सबै सदस्यहरुको कोरोना बीमा शिखर इन्स्योरेन्समा

GLOBAL IME BANK

मकवानपुर सुनचाँदी व्यवसायी संघका सबै सदस्यहरुको कोरोना बीमा शिखर इन्स्योरेन्समा

१३ जेष्ठ २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
मकवानपुर । मकवानपुर सुनचाँदी व्यवसायी संघले आफना सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा गराएको छ। संघले १ सय १३ जना सदस्यहरुको कोरोना बीमा शिखर इन्स्योरेन्स मार्फत गराएको हो । संघले प्रत्येक सदस्यहरुको प्रतिव्यक्ति १ लाखको दरले बीमा गराएको जनाएको छ । एक सय १३ जना सदस्यहरुको १ करोड १३ लाख रुपैयाँको बीमा संघले गरेको छ ।
संघका अध्यक्ष केशव रसालीले कोरोनाको समयमा आर्थिक समस्यामा बीमा कम्पनी मार्फत उपल्ब्ध हुने रकम थोरै भएपनि राहत हुने उधेश्यले संघमा आवद्ध सबैजनाको कोरोना बीमा गरेको बताए । उक्त बीमा दावीका लागी कोरोना रोगको परिक्षण गर्दा पिसिआर टेष्ट पोजिटिभ देखिएमा कर्मचारीहरुले तोकिएको बीमाङ्क रकम प्राप्त गर्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: