Skip to content
LAXMI SUNRISE BANK

सिद्धार्थ बैंकको भएन प्रगति, खुद नाफा १५.८८ प्रतिशतले घट्दा अन्य सूचकको कस्तो छ अवस्था ? (विवरणसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा सिद्धार्थ बैंकले खुद नाफा १ अर्ब ३३ करोड ९९ लाख रुपैयाँ आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा १५.८८%ले कम हो। गत वर्ष यहि अवधिमा बैंकले १ अर्ब ५९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद नाफा घटे संगै वितरणयोग्य नाफा पनि ऋणात्मक रहेको छ। बैंकको वितरणयोग्य नाफा १५ करोड ३२ लाख रुपैयाँले ऋणात्मक रहेको छ। 
यस्तै, बैंकको खुद ब्याज आम्दानी ७७ करोड ७० लाख रुपैयाँले बढाएर ४ अर्ब १८ करोड ५४ लाख रुपैयाँ पुर्याएको छ। गत आवको यसै अवधिमा ३ अर्ब ४० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकको सञ्चालन नाफा भने २९ करोड रुपैयाँ घटेर १ अर्ब ९७ करोड ९३ लाखमा खुम्चिएको छ।
यो तेश्रो त्रैमाससम्ममा बैंकले १ खर्ब ३० अर्ब ३४ करोड ५८ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २४ अर्ब ३८ करोड ८१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । चुक्ता पूँजी ९ अर्ब ७८ करोड ७७ लाख ६७ हजार रुपैयाँ रहेको जगेडा कोषमा ४ अर्ब ८२ करोड रुपैयाँ रहेको छ। 
चैत मसान्तसम्ममा बैंकको खराब कर्जा अनुपात १.३६ बाट बढेर २.२४ प्रतिशत पुगेको छ। बैंकले मूल्य आम्दानी अनुपात १५.२८ गुणा, कोषको लागत लागत ७.२३ प्रतिशत, आधारदर ९.९८ प्रतिशत, स्प्रेडदर ५ प्रतिशत र पूँजीकोष अनुपात ११.८६ प्रतिशत रहेको छ। बैंकको वार्षिक प्रतिसेयर आम्दानी १८ रुपैयाँ ८९ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ४४ पैसा रहेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK