- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कोभिड–१९ ले पर्वतारोहण क्षेत्रमा परेको प्रभावलाई मध्यनजर गर्दै स्ट्यान्डर्ड चार्टड बैंकले पासाङ ल्हामु पर्वतारोहण फाउन्डेसनलाई ५८ लाख सहयोग गरेको छ ।

बैंकका सीईओ अनिरभ घोष दस्तीदार भन्छन्, “यस्तो कठिन र अनिश्चित समयमा हामी महामारीबाट प्रभावित भएका समुदायलाई सहयोग पुराउनकाे लागि यहाँ छौं भन्ने हामी प्रतिबद्धता खडा गर्न चाहान्छौं । यो समयमा धेरैले आयको श्रोत गुमाएका छन् र तिनीहरूको जिविकामा यसले नराम्रो असर पारेको छ । त्यसमा हामी उनीहरूलाई ठूलो राहत सहयोग पुराउन सक्छौं भन्ने आशा गर्दछौं ।”
फाउन्डेसनका उपाध्यक्ष नामगेल शेर्पाले उक्त सहयोग रकम बुझेका थिए । विपदको समयमा बैकंले पुराएको सहयोग प्रति आफुहरु निकै आभारी रहेको र उक्त रकमलाई निकै राम्रोसँग प्रयोग गर्ने शेर्पाले बताए ।
बैंकले यसअगाडि सरकारको कोरोना कोषमा पनि १ करोड १६ लाख रकम सहयोग गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्