×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंकको सामाजिक कार्य : चितवन मेडिकल कलेज र महाभारत गाउँपालिकालाई पीपीई सहयोग

PRIME CA
GLOBAL IME BANK

सनराइज बैंकको सामाजिक कार्य : चितवन मेडिकल कलेज र महाभारत गाउँपालिकालाई पीपीई सहयोग

८ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सनराइज बैंकले चितवन मेडिकल कलेज र महाभारत गाउँपालिकालाई व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) सहयोग गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले २० थान पीपीई चितवन मेडिकल कलेजका सम्पर्क अधिकारी विमल ज्ञवालीलाई बिहीबार हस्तान्तरण गरे । 
कार्यक्रममा पौड्यालले मुलुकमा आइपरेको कठिन परिस्थितिमा सीमितस्रोत साधनका साथ अस्पतालका डाक्टर र नर्सहरुले संक्रमण नियन्त्रणका लागि निभाउनु भएको भूमिका अतुलनीय रहेको बताए । यस सहयोगले अस्पतालका स्वास्थ्यकर्मीहरुको सुरक्षामा सहयोग पुग्ने बैंकको बिश्वास छ ।
त्यसैगरी हिजो बुधबार बैंकले महाभारत गाउँपालिकालाई १० थान व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिइ र १००० थान मास्क हस्तान्तरण गरेकोे थियो । उक्त सामाग्री बैंकका महाभारत शाखा अधिकृत राजकुमार थापाले गाउँपालिकाका अध्यक्ष हरिसिंह बिष्टलाई हस्तान्तरण गरेका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: