×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंकका ग्राहकले औषधि तथा आवश्यक मेडिकल किट खरिदमा २२ प्रतिशत छुट पाउने

LAXMI SUNRISE BANK

सनराइज बैंकका ग्राहकले औषधि तथा आवश्यक मेडिकल किट खरिदमा २२ प्रतिशत छुट पाउने

१५ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सनराइज बैंकका ग्राहकले औषधि तथा आवश्यक मेडिकल किट खरिद गर्दा छुट तथा क्यास ब्याक पाउने भएका छन् । बैंकका ग्राहकले इजि केयर मार्फत आवश्यक मेडिकल सामाग्री खरिद गर्दा २२ प्रतिशतसम्म छुट र क्यास ब्याक पाउने भएका हुन् । बैंकको क्यू.आर कोड तथा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी आवश्यक औषधि खरिद तथा घरबाटै रगत जाँचको सुबिधा लिने ग्राहकले १२ प्रतिशत छुट र १० प्रतिशत वा ५०० रुपैयाँसम्म क्यास ब्याक पाउने जनाइएको छ । त्यसका साथै ग्राहकहरुले बैंकको कार्ड वा क्यू।आर कोड प्रयोग गरी आवश्यक मेडिकल किट जस्तै मास्क, पन्जा, सेनिटाइजर, स्प्रे तथा अन्य सामान खरिद गर्दा १० प्रतिशत वा ५०० रुपैयाँसम्मको छुट पाउने बैंकले जनाएको छ । 
अवस्थाको जटिलता तथा ग्राहकहरुको सहजता, सुविधा र सुरक्षालाई ध्यानमा राखेर बैंकले काठमाडौं अरगेनिक नेप मेड, मेरो किराना र फुडमाण्डुमा आवश्यक सामान खरिद गर्दा १० प्रतिशत वा ५०० रुपैयाँसम्म क्यास ब्याक पाउन सक्ने व्यवस्था गरेको जनाएको छ । घरमा नै सुरक्षित बसी सुविधाको उपभोग गर्न बैंकले ग्राहकहरुलाई आग्रह गरेको छ । साथै बैंकले ग्राहकको सहजतालाई ध्यानमा राख्दै देशव्यापी ए।टि।एम नेटवर्क, अनलाइन बैंकिङ्ग सेवाका साथै केहि नगद काउन्टर, रेमिटयान्स सेवाहरु सुचारु राख्दै आएको जनाइएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी