×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना रोकथामका लागि स्वरोजगार लघुवितद्वारा ७ लाख रुपैयाँ आर्थिक सहयोग

PRIME CA
GLOBAL IME BANK

कोरोना रोकथामका लागि स्वरोजगार लघुवितद्वारा ७ लाख रुपैयाँ आर्थिक सहयोग

७ जेष्ठ २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – स्वरोजगार लघुवित वित्तीय संस्थाले कोरोना भाइरस नियन्त्रणका लागि सरकारलाई आर्थिक हसयोग गरेको छ । संस्थाले प्रदेशिक रुपमा स्थापना गरेका कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा सात लाख सहयोग गरेको हो । प्रत्यक प्रदेशले स्थापना गरेको उपचार कोषमा एक एक लाखका दरले सात लाख रुपैयाँ जम्मा गरेको संस्थाले जनाएको छ । 
संस्थाका शाखा प्रबन्धक मित्रलाल धितालले प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईलाई एक लाखको चेक हस्तान्तरण गरेका हुन् । त्यस्तै संस्थाका अनुगमन प्रमुख रामप्रकाश शाहले प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतलाई एक लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको संस्थाले जनाएको छ ।
त्यस्तै संस्थाका शाखा प्रवन्धक सुशन जोशीले बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमरकट्टेललाई, संस्थाका शाखा प्रबन्धक जय प्रकाश कामतले प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेललाई तथा संस्थाका शाखा प्रवन्धक सन्तोष अर्यालले सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई एक एक लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको संस्थाले जनाएको छ । गण्डकी र कर्णाली प्रदेशमा बैंक खातामा रकम जम्मा गरिएको संस्थाले जनाएका छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: