- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – केएल दुगड समूह अन्तर्गतको संस्था युनाइटेड सिमेन्ट्स प्रालिले विभिन्न स्थानमा राहत सामग्री वितरण गरेको छ ।
विश्वमा नै महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोगको जोखिमबाट बच्न अबलम्बन गरिएको लक् डाउनका कारण विभिन्न स्थानमा निम्न आय श्रोत भएका मानिसहरु तथा दैनिक मजदुरी गरि जीविकोपार्जन गर्नुपर्ने बाध्यता भएका नागरिकहरुलाई यो समयमा राहतको एकदमै आवश्यकता रहेकोले य़ुनाइटेड सिमेन्ट्सले गोदावरी नगरपालिका तथा धुनिवेसी नगरपालिका को केही स्थानमा खाद्य सामाग्री वितरण गरेको हो ।
पुरा विश्व नै आक्रान्त रहेको अवस्थामा आफ्नै देशको जनतालाई केहि हद सम्म भएपनि यो राहतले उनीहरुको घाउमा मलहम लगाउने काम गरेको उद्योगको ठम्याई रहेको छ ।
यस किसिमको सामाजिक दायित्वको काम विगतमा पनि यो संस्थाले गरेको र भविष्यमा पनि आवस्यकता अनुसार गरिरहने प्रतिवद्धता व्यक्त गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्