
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल चार्टड एकाउन्टेन्ट संघ (एक्यान)ले आगामी मौद्रिक नीतिको लागि नेपाल राष्ट्र बैंकलाई विभिन्न सुझावहरु दिएको छ। वालुवाटारस्थित राष्ट्र बैंक कार्यालयमा गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर एक्यानका पदाधिकारीले मौद्रिक नीतिका लागि सुझाव दिएका हुन् ।
एक्यानका उपाध्यक्ष रमेश धिताल, महासचिव तेज सुवेदीसहितको टोलीले गभर्नर अधिकारीलाई आफ्ना सुझावहरु बुझाएका हुन् । ऋणको पुनर्तालिकीकरण, ब्याजलाई पुंजीकृत कसरी गर्ने, ऋणको बर्गिकरण र प्रोभिजनमा अब कसरी गर्ने, एनएफआरएसमा विद्यमान कठिनाई र त्यसको समाधान लगायतका बिषय सुझावहरुमा समेटिएको छ ।
संघका पदाधिकारीहरुको कुरा सुनेपछि गभर्नर महाप्रसाद अधिकारीले संघले दिएका सुझावहरु आफुले मनन गर्ने भन्दै अहिलेको विषम परिस्थितमा वित्तीय शुसासन सन्तुलन रहनेगरी काम गरिदिन आग्रह गरेका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्