Skip to content
LAXMI SUNRISE BANK

मौद्रिक नीतिको लागि चार्टड एकाउन्टेन्ट संघले दियो राष्ट्र बैंकलाई सुझाव !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल चार्टड एकाउन्टेन्ट संघ (एक्यान)ले आगामी मौद्रिक नीतिको लागि नेपाल राष्ट्र बैंकलाई विभिन्न सुझावहरु दिएको छ। वालुवाटारस्थित राष्ट्र बैंक कार्यालयमा गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर एक्यानका पदाधिकारीले मौद्रिक नीतिका लागि सुझाव दिएका हुन् । 
एक्यानका उपाध्यक्ष रमेश धिताल, महासचिव तेज सुवेदीसहितको टोलीले गभर्नर अधिकारीलाई आफ्ना सुझावहरु बुझाएका हुन् । ऋणको पुनर्तालिकीकरण, ब्याजलाई पुंजीकृत कसरी गर्ने, ऋणको बर्गिकरण र प्रोभिजनमा अब कसरी गर्ने, एनएफआरएसमा विद्यमान कठिनाई र त्यसको समाधान लगायतका बिषय सुझावहरुमा समेटिएको छ । 
संघका पदाधिकारीहरुको कुरा सुनेपछि गभर्नर महाप्रसाद अधिकारीले संघले दिएका सुझावहरु आफुले मनन गर्ने भन्दै अहिलेको विषम परिस्थितमा वित्तीय शुसासन सन्तुलन रहनेगरी काम गरिदिन आग्रह गरेका छन्। 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK