×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना रोकथामका लागि नेपाललाई एडीबीको ३० अर्ब सहुलियतपूर्ण ऋण दिने, सम्झौतामा भयो हस्ताक्षर

PRIME CA
GLOBAL IME BANK

कोरोना रोकथामका लागि नेपाललाई एडीबीको ३० अर्ब सहुलियतपूर्ण ऋण दिने, सम्झौतामा भयो हस्ताक्षर

१९ जेष्ठ २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपाललाई ३० अर्ब नेपाली रुपैयाँ ऋण दिने भएको हो । कोरोना भाइरस नियन्त्रणका लागि एडीवीले नेपाल सरकारलाई २५० मिलियन अमेरकी डलर सहिलयतपूर्ण ऋण दिने भएको हो । सोमबार (आज) अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा उक्त ऋण सम्झौतामा नेपालका तर्फबाट अर्थ सचिव शिशिरकुमार ढुंगाना र एडीबीका तर्फबाट देशीय निर्देशक मुख्तोर खामुदाख्नोभले हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाको पनि उपस्थिति थियो ।
एडीबीले उपलब्ध गराउने ऋणबाट सरकारले कोरोना रोकथाम र नियन्त्रणका साथै जनस्वास्थ्यको क्षेत्रमा काम गर्ने अर्थ सचिव ढुंगानाले बताए । उक्त रकम सामाजिक सुरक्षा र रोजगारी सिर्जनाका लागि पनि खर्च गरिने उनले बताए । त्यस्तै एडीबीका नेपाल निर्देशक खामुदाख्नोभले महामारी नियन्त्रणका लागि सरकारले अगाडि सारेका कार्यक्रमलाई पूर्ण रुपमा सघाउने प्रतिबद्धता जनाए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: