Skip to content
LAXMI SUNRISE BANK

‘४० वर्ष यता कृषि क्षेत्रलाई बिगार्ने काम मात्रै भएको छ’ : कृषिमन्त्री भुसाल (भिडियो)

अर्थ सरोकार

  • अर्थ सरोकार मल्टीमिडिया ब्यूरो 
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले ४० वर्ष यता कृषि क्षेत्रलाई विगार्ने काम मात्रै भएको बताएका छन् । एसोसिएशन आफ नेपाली एग्रिकल्चरल जर्नलिष्टस् (आनाज) द्धारा राष्ट्रिय धान दिवशको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री भुसालले ३०-४० वर्ष यता मेहनत गरेर नै कृषि क्षेत्रलाई ध्वस्त पार्ने काम भएको बताए । उनले कृषि विकासका लागि भाषण गर्ने, ठेक्का पट्टा गर्ने, विभिन्न प्रोजेक्टहरु ल्याएर विगार्ने काम गरिएको बताए । 
‘हामीले त ३०-४० वर्ष भयो बर्बाद पार्न थालेको । हाम्रा साना दुःखले बार्दद पारेको होइन । हामीले बहुत मेहनतले बर्बाद परेका छौं । हाम्रो कृषि व्यवस्थालाई हामीले भाषण गरेका छौं, हामीले अनेक प्रयत्नहरु गरेका छौं, ठेक्का पट्टा गरेका छौं, प्रोजेक्टहरु गरेका छौं । के के गर्यो गर्यो । यो कृषि व्यवस्था विगार्नका लागि’ उनले भने। लामो समयसम्म विगार्दै आएको कृषि व्यवस्थालाई सुधार्न अझै केही समय लाग्ने मन्त्री भुसालले बताएका छन्  । ३०-४० वर्ष देखि विग्रदै आएको कृषि ३ वर्ष भित्रमा सुधार्न चुनौति रहेको समेत उनले बताए  ।
देशमा औद्योगीक उत्पादन बढाउने प्रयत्न गर्दा र कृषि वस्तुको व्यवस्थापन बजारलाई छाडदा कृषि व्यवस्था र प्रणाली नै विग्रेको मन्त्री भुसालले बताएका छन् । उनले किसानका परम्परागत ज्ञान र सीपलाई विकास गर्न नसक्दा पनि नेपालको कृषि क्षेत्र पछाडी परेको बताए । उनले पछिल्लो ३०-४० वर्ष यताको स्थितिलाई हेर्दा हेर्दै सबै कृषि उपज किनेर खानुपर्ने दिन आएको बताएका छन् ।  ‘कस्तो देखियो भने कृषि प्रधान देश हावा, पानी, माटो आदि इत्यादि फेभर गरेको यस्तो मुलुकमा हामीले हरेक दिन किनेर खानुपर्ने, अन्न पनि किनेर खानुपर्ने, फलफुल किनेर खानुपर्ने, माछामासु किनेर खानुपर्ने, दुध किनेर खानुपर्ने यस्ता दिन आए हेर्दाहेर्दै ।’उनले भने।  
कोरोना महामारीले भने कृषि नै जीवन हो भनेर ब्युझाएको मन्त्री भुसालले बताएका छन् । कोरोनाले सिकाएको पाठलाई फेरिपनि विर्सने काम भयो भने ठूलो गल्ती हुने पनि उनले बताए । गएको दशकमा कृषि मन्त्रालय भित्रपनि मन्त्री कसरी बलियो बन्ने, मन्त्रालयलाई कसरी बलियो बनाउने भन्ने तर्फ मात्रै ध्यान केन्द्रित भएकाले मन्त्रालयले कृषि क्षेत्रको विकासमा प्रभावकारी काम गर्न नसकेको बताएका छन् । 
केही दशक खेर गइसकेकाले अव नयाँ व्यवस्था अनुसार कृषि उत्पादनलाई अगाडि बढाउन खोजिएको जानकारी समेत उनले गराए । नयाँ व्यवस्था अनुसार कृषि क्षेत्रमा लाग्ने कुनै पनि किसानको जीवन, स्वास्थ्य, शिक्षा, सुरक्षाका विषयमा सरकारले ज्ञारेन्टी लिने गरी व्यवस्थापन गर्न लागिएको मन्त्री भुसालले बताएका छन् । हेर्नुहोस् भिडियो :
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK