×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

अपि पावरको तेश्रो त्रैमास : खुद नाफा घट्यो, अन्य सूचकको अवस्था कस्तो ? (विस्तृत विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । अपि पावर कम्पनीको आर्थिक वर्ष २०७६/७७को तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले ६ करोड ६ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा १७.०९% ले कम हो । गत वर्षको यहि अवधिमा कम्पनीले ७ करोड ३१ लख ६४ हजार रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको सञ्चालन र प्रशासनिक खर्च बढेपछि नाफा प्रभावित भएको हो । गत वर्ष ७७ लाख १५ हजार रुपैयाँ रहेको सञ्चालन खर्च यस वर्ष १ करोड ३८ लाख १७ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, गत वर्ष ३१ लाख १५ हजार रुपैयाँ रहेको प्रशासनिक खर्च यस वर्ष १ करोड १९ लाख ५१ हजार रुपैयाँ पुगेको छ । 
यता, कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी भने ८ करोड ८९ लाख ३ हजार रुपैयाँले बढेर २४ करोड २३ लाख ४९ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यसै अवधिमा कम्पनीले विद्युत् बिक्रीबाट १५ करोड ३४ लाख ४६ हजार रुपैयाँ कमाएको थियो । तेस्रो त्रैमास सम्ममा यसको चुक्ता पुँजी १ अर्ब १९ करोड ७ लाख रुपैयाँ रहेको छ ।
जगेडा कोषमा १३ करोड ४८ लाख ८९ हजार रुपैयाँ छ । चैत मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी रुपैयाँ ४ पैसाले घटेर वार्षिक ६ रुपैयाँ ७९ पैसामा झरेको छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी ८ रुपैयाँ १९ पैसा थियो । यस्तै, अपिको प्रतिसेयर नेटवर्थ १११ रुपैयाँ ३३ पैसा रहेको विवरणमा उल्लेख छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: