×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

आर्थिक वर्षको अन्त्यसँगै बजेट सक्ने हतारो, ९ तस्विरमा हेर्नुहोस् ‘धनगढीमा असारे विकासको चटारो’ (फोटो-कथा)

  • सुदर्शन श्रेष्ठ/अर्थसरोकार सुदूरपश्चिम ब्युरो 
धनगढी । आर्थिक वर्ष २०७६-७७ को अन्त्य हुनै लाग्दा धनगढीमा असारे विकासको चटारो सुरु भएको छ । हुनत यस्तो परिपाटी कुनै नौलो कुरा भने होइन । विगतका समयमा पनि विकासका नाममा आर्थिक वर्षको अन्तिम तीन महिनामात्रै काम गर्ने परिपाटीलाई यस वर्षपनि विकासे अड्डाहरुले अंगालेका देखिन्छन् । 
वर्षभरी फुर्सदिलो भएरै समय बिताउँदै आएका कैलालीका विकासे अड्डा आर्थिक वर्षको अन्त्यमा भने निकै सक्रिय बनेका छन् । पछिल्लो दुई महिनायता मात्रै विकास बजेटको ६५ करोड खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय कैलालीका प्रमुख लक्ष्मीराज जोशीले बताउनुएको छ । आर्थिक वर्षको अन्तिम समयमा आएर असारे किासको चटारोका काम धमाधम भइरहेका छन् । अन्तिम साता र असारको पहिलो साता बाँकी रहेका योजनाको हतार हतार भइरहेका काम आँखा अगाडी नै छर्लगं छन् । धनगढीमा असारे विकासको चटारो । हेर्नुहोस् फोटो फिचरमा…

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: