×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एशियन लाईफ इन्स्योरेन्सले ल्यायो नयाँ सुविधा, अव जीवन बीमालेख अनलाईनबाटै खरिद गर्न सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

एशियन लाईफ इन्स्योरेन्सले ल्यायो नयाँ सुविधा, अव जीवन बीमालेख अनलाईनबाटै खरिद गर्न सकिने

Artha Sarokar

५ असार २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले अनलाईन बाटै जीवन बीमालेख बिक्री गर्ने सुविधा ल्याएको छ । कम्पनीले कोभिड-१९ का कारण अनलाइन माध्यमको बढ्दो प्रयोग र आवश्यक्तालाई मध्यनजर गर्दै अनलाइन मार्फत नै बीमालेखको लागि आवेदन गर्न सकिने सुविधा ल्याएको हो ।
यससँगै अभिकर्ताले कम्पनीको आधिकारिक वेभसाइट मा एजेण्ट पोर्टल मार्फत आवेदन दर्ता गर्न सक्ने छन् । इजाजत प्राप्त अभिकर्ताले यस कम्पनीको आधिकारिक वेभसाइटमा एजेण्ट पार्टेलमा लगइन गरी सकेपछि बीमा चाहने व्यक्तिको बारेमा सम्पूर्ण विवरण र कागजपत्र प्रविष्टी गरेर अनलाइन आवेदन गर्न सक्ने कम्पनीले जानकारी गराएको छ ।
बीमा समितिको निर्देशानुसार हाललाई अधिकतम ३ लाख रुपैयाँ बीमांकसम्मको बीमालेखको लागि आवेदन दिन सकिने छ । साथै, कम्पनीका बीमितले ईसेवा र फोन पे मार्फत घरमै बसेर नविकरण बीमाशुल्क भुक्तानी गर्न सकिने छ । साथै, अनलाइन लगइनबाट अभिकर्ताले कारोबार विवरण तथा बीमितले आफ्नो बीमालेख सम्बन्धी सम्पूर्ण विवरण आफैंले हेर्न मिल्ने छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी