×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैतडीको पाटन नगरपालिकाका बजार १५ गतेसम्म सिल, बैंक तथा वित्तीय संस्थाहरु हप्तामा ३ दिन खुल्ने !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बैतडीको पाटन नगरपालिकाका बजार १५ गतेसम्म सिल, बैंक तथा वित्तीय संस्थाहरु हप्तामा ३ दिन खुल्ने !

Artha Sarokar

८ असार २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • र्थ सरोकार सम्बाददाता 
बैतडी । बैतडीको पाटन नगरपालिका भित्रका बजार क्षेत्रलाई आजदेखि सिल गरिएको छ । कोरोना सङ्क्रमित बढन थालेपछि सर्वपक्षीय बैठकले नगरका बजार क्षेत्र सिल गर्ने निर्णय गरेको हो । 
नगरपालिकाका प्रमुख केशवबहादुर चन्दले कोरोनाका बिरामी बढ्दै गएपछि सङ्क्रमणको जोखिम बढ्ने भएकाले बजार क्षेत्र सिल गर्ने निर्णय गरिएको बताए । लकडाउन खुकुलो भएसँगै बजारमा भीडभाड बढेकाले कोरोनाको जोखिम न्यूनीकरण गर्न उक्त कदम चालिएको हो । नगरपालिकाको पाटन, मानिकाखान, खोड्पे लगायतका बजार क्षेत्र असार १५ गतेसम्म सिल गरिएका हुन् । निर्णय उल्लङ्घन गरेमा जरिवना गरिनेछ ।
नगरपालिकाका आठ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । एक जना निको भएर घर फर्केका छन् । नगरपालिकाभित्रका बैंक तथा वित्तीय संस्थालाई आइतबार, सोमबार र बिहीबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मात्रै खोल्न नगरपालिकाले आग्रह गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी